रातको समयमा १७ वर्षीया किशोरीलाई घरबाटै उठाएर कोही नबस्ने घरमा लगेर सामुहिक वलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट चार जना युवालाई पक्राउ गरेको छ। सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया एक किशोरीमाथि गत शुक्रबार राती चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
किशोरीलाई सामूहिक वलात्कार गरेको आरोपमा ञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायले जानकारी दिएको छ । उनीहरुले प्रहरीसमक्ष ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् ।
आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार तीनजना र आज मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले जानकारी दिए । उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।