बाजेले कुट्दा बैतडीमा दुई वर्षीय नातिको मृत्यु, अर्का नाति गम्भीर घाइते

बाजेले कुट्दा बैतडीमा दुई वर्षीय नातिको मृत्यु, अर्का नाति गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ असार २०८०
  • 2.8K
    Shares

बाजेले कुट्दा बैतडीमा दुई वर्षीय नातिको मृत्यु भएको छ। बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा ५० वर्षीय गणेश साउँदको कुटाइबाट दुई वर्षीय नाति रेशमको मृत्यु बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। गणेशकै कुटाइबाट अर्का नाति आठ वर्षीय रिजन गम्भीर घाइते भएका छन्। गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबा बिहान मृत्यु भएको हो।

बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। गणेश मानसिक बिरामी रहेका पारिवारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार