पोखरा घर भएकी एक युवती बागलुङमा वलात्कृत भएकी छिन। पोखरा घर भएकी बर्ष २० की महिला गएको आइतबार बिहान बागलुङ न.पा.-१, मालढुङ्गा स्थित जंगलमा वलात्कृत भएकी हुन्।
ती युवतीलाई वलात्कार गरेको आरोपमा प्रहरीले गुल्मीको कालिगण्डकी गाउपालिका ७, छापचौर बस्ने वर्ष २८ को बिमल हमाललाई बागलुङ जैमिनि न.पा. वडा नं.-१, कुश्मिसेराबाट सोमबार साँझ सात बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। पिडित युवतीले आफु बलात्कृत भएको भन्दै दिएको हुलिया र सि.सि.टि.भि. फुटेजको आधारमा अभियुक्त हमाललाई पक्राउ गरिएको प्रहरीको दाबी छ।
अभियुक्त हमालले वलात्कार गरेपछि भाग्ने क्रममा भोलिपल्ट बागलुङ जैमिनी न.पा. वडा नं. -४, रातोबारी स्थित याम बहादुर क्षेत्रीको घरमा चोरी गरेको खुलेको प्रहरीले बताएको छ। घरमा कोही नभएको मौका छोपी अभियुक्त हमालले घरभित्र पसेर चोरी गरेका धनमालहरु मध्ये सुनको बेरुवा औठी थान-१, सुनको सिक्री थान-१, सुनको मंगलसुत्र थान-१, नगद रू.९,५४०।–,बिभिन्न बिदेशी मुद्रा थान-१७, Itel मोबाईल थान- १ सिम सहित, Nokia मोबाईल थान-१ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
अभियुक्त हमालबिरुद्ध बागलुङ जिल्ला अदालतबाट करणी सम्बन्धि कसूरमा पांच दिनको म्यादथप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।