फरक क्षमताकी ११ वर्षीया बालिका बुटवलमा वलात्कृत

फरक क्षमताकी ११ वर्षीया बालिका बुटवलमा वलात्कृत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ असार २०८०
  • 3.2K
    Shares

rape ,वलात्कार

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुटवलबाट एक जना युवालाई पक्राउ गरेको छ। फरक क्षमताकी ११ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको हो ।

फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी अभियुक्त परियारले शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको आरोप प्रहरीले लगाएको छ। बालिका कराएपछि ब्युंझिए लगत्तै परियार फरार भएकोमा प्रहरीले घर नजिकैबाट उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका९४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार