कास्कीको माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ चार हजार रुपियाँ धरौटीमा छुटे

कास्कीको माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ चार हजार रुपियाँ धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असार २०८०
  • 1.7K
    Shares

कास्कीको माछापुच्छ्रे ८ बिबाद, वडाध्यक्ष राम गुरुङ

उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका कास्कीको माछापुच्छ्रे ८ का अध्यक्ष राम गुरुङ धरौटीमा रिहा भएका छन् ।

उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले काम समयमै नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेका बताइएको छ । उक्त घटनाको विरोधमा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि वडाध्यक्ष गुरुङ आफैं प्रहरीमा हाजिर भएका थिए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ वडा जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार