अमरसिंह मावि व्यवस्थापन समितिको अध्यक्षमा कोइराला निर्वाचित

अमरसिंह मावि व्यवस्थापन समितिको अध्यक्षमा कोइराला निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असार २०८०
  • 2K
    Shares

नवनिर्वाचित अमरसिंह मावि व्यवस्थापन समिति, अध्यक्ष कृष्णप्रसाद कोइराला

पोखराको अमरसिंह मावि व्यवस्थापन समितिको अध्यक्षमा कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले अध्यक्षमा कोइरालालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

उक्त समितिको सदस्यमा गोविन्दप्रसाद घिमिरे, बलराम ढुंगाना, धनमाया गुरुङ, इन्द्रबहादुर गुरुङ, प्रेम गौतम, शिक्षक अभिभावक संघ अध्यक्ष साेमनाथ पौडेल रहेका छन् भने सदस्यसचिव विद्यालयका प्रधानाध्यापक तेजस्वी बराल छन् ।

धेरै आकांक्षी हुँदा दुई कार्यकालसम्म नेतृत्वबिहिन भएपछी सबैको आकर्षणको केन्द्र रहेको उक्त बिद्यालयको नेतृत्व निवर्तमान वडाध्यक्ष रामबहादुर कार्कीले जिम्मेवारीले लिँदै आएका थिए ।

नेपालकै नमुना विद्यालय घोषित भएको अमरसिंहमा कक्षा १ देखि १२ सम्म करिब तीनहजार विद्यार्थी पढ्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार