पोखरामा जीपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु, पछाडी बस्ने गिरि घाइते

पोखरामा जीपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु, पछाडी बस्ने गिरि घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ असार २०८०
  • 1.9K
    Shares

बोएरो जिपद्वारा स्कुटरलाई ठक्कर

पोखरामा जीपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । पोखरा १४ चाउथेमा बिहिबार बिहान पौने ५ बजेको समयमा औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक ३४ वर्षीय प्रञ्वल गुरुङको मृत्यु भएको हो ।

बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटरको पछाडि सवार २७ वर्षीय विमल गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार