बागलुङमा आफ्नै भाईले घरायसी बिबादमा ढुंगाले हानेर दाजुको हत्या गरेका छन्। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–६ छेन्तुङका ४७ वर्षीय मनबहादुर कामीले आफनी दाजु ५० वर्षीय सतबहादुर विकको ढुंगाले हानेर दाजुको हत्या गरेका हुन्। दाजुको हत्या आरोपमा मनबहादुर कामीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, असार १४ गते मृत अवस्थामा विकको शव भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले लाशको प्रकृति हेर्दा ढुंगाले हानेर हत्या गरेको देखिए पछि अनुसन्धानका लागि मृतक सतबहादुरकै सहोदर भाई मानबहादुर कामीलाई पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ।
आइतबार जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।