जिल्ला अदालत ललितपुरमा नासु कुट्ने वकिल पक्राउ

जिल्ला अदालत ललितपुरमा नासु कुट्ने वकिल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ असार २०८०
  • 2.4K
    Shares

अधिबक्ता अमिर लामिछाने

जिल्ला अदालत ललितपुरमा बुधबार अपराह्न नायब सुब्बा प्रेमिका तामाङलाई एक जना वकिलले कुटपिट गरेका छन्। एकजना अभियुक्तको तारेख बुझ्न अदालत पुगेका अधिवक्ता अमिर लामिछानेले नासु तामाङलाई कुटपिट गरेका हुन्।

तारेख दिने क्रममा अधिवक्ता लामिछानेले फाइल खोसेर लगेको र त्यसरी सक्कल फाइल लैजान मिल्दैन भन्दा वकिलले आफूलाई हातपात गरेको तामाङले बताएकी छन्। वकिलको कुटपिटबाट तामाङको मुखमा चोट लागेको छ। सर्ट च्यातिएको छ।

नासु तामाङले लामिछानेविरुद्ध जाहेरी दिएकी छन्। अहिले लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। कुटपिटमा संलग्न लामिछानेलाई म्याद थप गरेर कारबाही अगाडि बढाइने एसएसपी शाह जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार