सेती राजमार्गको रडुवाखोलामा मालबाहक मिनिट्रक खस्यो

सेती राजमार्गको रडुवाखोलामा मालबाहक मिनिट्रक खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ असार २०८०
  • 2.6K
    Shares

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवा खोलामा खसेको मिनीट्रक

डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तरगत रडुवाखोलमा मालबाहक मिनिट्रक खसेको छ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवा खोलामा मिनीट्रक खसेको हो ।

सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवामा दुर्घटना जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । खाद्यान्न बोकेको मिनिट्रक डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाइरहेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन । गन्यापधुरा गाउँपालिका- २ स्थित रडुवा खाेलामा पहिराेले के आई सिंह राजमार्ग पनि अबरुद्ध भएको छ ।

प्रतिक्रिया