पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ असार २०८०
  • 1.6K
    Shares

देशका यी भूभागहरुमा मेघगर्जनसहित वर्षा

पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे तिर चट्याङ लागेर स्थानीय ४९ वर्षीय देवबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकले घरमा ढोका लगाउने क्रममा चट्याङ लागेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा आइतबार बिहान २ः२० मा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार