पोखराका युवा स्याङजामा लागू औषधसहित पक्राउ

पोखराका युवा स्याङजामा लागू औषधसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ असार २०८०
  • 1.1K
    Shares

लागू औषधसहित स्याङ्जामा पक्राउ परेका पोखराका सुमन गुरूङ

पोखराका एक युवा स्याङजामा लागू औषधसहित पक्राउ पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. १४ काजीपोखरी बस्ने बर्ष २२ को सुमन गुरूङ लागू औषधसहित स्याङजामा पक्राउ परेका हुन्।

बुटवलबाट ना. ४ ख. ४७५१ नं. को बसमा पोखरा आउदै गरेका गुरुङलाई आइतबार अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। स्याङजा गल्याङ नगरपालिका वडा नं. १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा सवारी साधनहरू चेकजांच गर्ने क्रममा ना. ४ ख. ४७५१ नं. को बसमा सवार गुरुङको साथबाट लागू औषध बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्त गुरूङको साथबाट फेनारगन ४० एम्पुल , नुर्फिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल गरी जम्मा एकसय २० एम्पुलसहित बरामद गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया