अनेरास्ववियुका नेता चेतनसिंह ऐडीको हत्याका मुख्य आरोपीलाई अनेरास्ववियु र युवा संघका युवाले समातेर प्रहरीलाई बुझाए

अनेरास्ववियुका नेता चेतनसिंह ऐडीको हत्याका मुख्य आरोपीलाई अनेरास्ववियु र युवा संघका युवाले समातेर प्रहरीलाई बुझाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असार २०८०
  • 969
    Shares

चेतनदिप अयडीको हत्याका मुख्य अभियुक्त रनसिंह अयडी

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एबम सुदूरपश्चिम विश्वविद्यालयका तात्कालिन अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न रहेका नेपाली कांग्रेसका एक नेतालाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले कैलालीबाट समातेर प्रहरीलाई बुझाएका छन्।

ऐडीको हत्याका मुख्य योजनाकार ठानिएका रन सिंह ऐडीलाई धनगढी बस पार्क पछाडिको एक घरमा लुकेर बसिरहेको अवस्थामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले समातेर प्रहरीलाई बुझाएका हुन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य ऐडीको हत्यापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका प्राप्त समाचारमा जनैएको छ ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका-७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् ।

धनगढी बसपार्कबाट ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले पुष्टि गरे ।

प्रतिनिधिसभाको मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर चेतन अयडीलाई कांग्रेसका कार्यकताले कुटपिट गर्दा मृत्यु भएको थियो।चेतन नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए।

सोहि घटनामा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीको गोली लागेर नेपाली कांग्रेसका स्थानीय नेता २५ वर्षीय सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।

प्रतिक्रिया