देखिन थाल्यो मनसुनको प्रभाव : आज यी प्रदेशमा वर्षातको सम्भावना

देखिन थाल्यो मनसुनको प्रभाव : आज यी प्रदेशमा वर्षातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.7K
    Shares

नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भू–भागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भू–भागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राती पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार