श्रीमान-श्रीमतीबीच शंका-उपशंका उत्पन्न भयो भने त्यस घरमा कहिले पनि शान्ति कायम हुन सक्दैन। यदि त्यो शंका-आशंकालाई बेलैमा समाधन गर्न सकिएन भने गमभिर दुर्घटनामा परिणत हुन सक्छ भन्ने उदाहरण तनहुँमा भएको एक हत्याले पुष्टि गरेको छ।
शंकै-शंकामा तनहुँको भानु नगरपालिका-५ का मैबलका २१ वर्षीय मनोज विष्टले करीब दुई महिना अघि मात्र प्रेम बिबाह गरेकी श्रीमती ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको हत्या गरिदिएका छन्। गएको बैशाख १ गते प्रेम बिबाह गरे पश्चात उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए। तर उनी गएको जेठ २४ गतेदेखि माइती पक्षसंग सम्पर्कबिहीन भएकी थिइन्। उनको शब तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडास्थित सुवर्णमार्ग नजिक सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा उक्त शब क्षतविक्षत अवस्थामा थियो भने गल्न थालिसकेको थियो। शव बाबुले पहिचान गरेका थिए। रंगिलाको हत्या गरेर शव लुकाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए। हत्याको आरोपमा प्रहरीले रंगिलाका श्रीमान मनोजलाई पक्राउ गरेको छ।
श्रीमान श्रीमतीको मनमुटावको कारण हत्या गरेको खुलेको विष्टले बताए। ‘श्रीमतीले श्रीमानलाई जानकारी नै नदिई दुईवटा सिम चलाएको कारण झगडा पर्दा हत्या गरेको खुलेको छ। २६ गते दिउँसो आफनै डेरामा हत्या गरी शवलाई व्यवस्थापन गर्न नालीको ह्युम पाइपभित्र राखेको पाइयो’ उनले भने।
मनोजमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।
प्राप्त विवरण अनुसार, तनहुँको भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्ट र व्यास नगरपालिका–१२ लामीडाँडाकी २२ वर्षीया रङ्गिला भुजेल सामाजिक सञ्जाल फेसबुकबाट नजिदै जाँदा उनीहरु बीच गत वैशाख १ गते बैबाहिक जिवनमा बाँधिएका थिए।
दमौलीमा मार्केटिङ व्यवसाय गर्ने मनोजले गत जेठ २६ गते दिउँसो कोठामै श्रीमतीको हत्या गरेर शवलाई बोरामा हालेर सोही वडाको चिहानडाँडास्थित नालाको ह्युमपाइमा फालेका थिए ।
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर प्रहरी कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदनमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहिन भएको उल्लेख गरेका थिए ।
निज मनबहादुर भुजेलले पेश गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरिक्षक विष्टले बताए। हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरिक्षक विष्टको भनाइ थियो ।