बुटवलबाट लागू औषध पोखरा ल्याउदै गरेका भक्तपुरका महर्जन स्याङजामा पक्राउ

बुटवलबाट लागू औषध पोखरा ल्याउदै गरेका भक्तपुरका महर्जन स्याङजामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    Shares

अबैध लागू औषधसहित स्याङ्जामा पक्राउ परेका दिनेश महर्जन

बुटवलबाट अबैध लागू औषध लिएर पोखरा आउदै गरेका एक व्यक्ति युवा स्याङजामा पक्राउ परेका छन्। बस चढेर अबैध लागू औषध पोखरा ल्याउदै गरेका भक्तपुर घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५० का दिनेश महर्जनलाई प्रहरीले स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ रामकोष स्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरेको हो।

सिद्धार्थ राजमार्गको सडकमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा वुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. २ ख. ५१५ नं.को यात्रु बाहक बसमा यात्रारत महर्जनको साथबाट ठुलो मात्रामा अबैध लागू औषध बरामद भएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त महर्जनको साथबाट अवैध लागुऔषध 2ml को झोल सहितको फेनारागन ६४ एम्पुल , नरफिन ६४ एम्पुल र डाइजेपाम ६४ एम्पुल गरी जम्मा एकसय ९२ एम्पुल अबैध लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। अभियुक्त महर्जनलाई प्रहरी हिरासतमा राखेर आबश्यक अनुसन्धान भैरहेको प्राप्त समाचारमा उल्लेख छ।

प्रतिक्रिया