पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा एक जना व्यक्ति मृत भेटिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ५० वर्षीय ऋषिराम शर्मा पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा एक जना व्यक्ति मृत भेटिएका हुन्।
सोमबार बिहानदेखि परिवारको सम्पर्कमा नरहेका शर्मा चाउथेस्थित नहरमा मृत अवस्थामा भेटिएका प्रहरीले जानकारी दिएको छ।
कास्की प्रहरीका अनुसार नहरमा पुरुषको शव भेटिएपछि अनुसन्धान हुदाँ मृत भेटिएका पुरुष पोखरा महानगरपालिका ११ फुलबारीका ५० वर्षीय ऋषिराम शर्मा रहेको पुष्टि भएको हो ।
डिएसपी श्रवण कुमार विकको अनुसार मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान थालेको छ ।