दार्चुला सदरमुकाम खलंगामा एक मजदुरको बिभत्स तरीकाले हत्या : चार जना साथी पक्राउ

दार्चुला सदरमुकाम खलंगामा एक मजदुरको बिभत्स तरीकाले हत्या : चार जना साथी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०८०
  • 2.8K
    Shares

दार्चुला सदरमुकाम खलंगामा हत्या गरिएका देव परियार

दार्चुलामा एक मजदुरको बिभत्स तरीकाले हत्या गरिएको छ। केही दिन अघि मात्र मजदुरीका लागि दार्चुला सदरमुकाम खलंगा आएका बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियारको बिभत्स तरीकाले हत्या गरिएको हो।

शनिवार राती सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा भेटिएका परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। टाउको तथा शरीरभर घाउ चोट लागि अचेत अवस्थामा रहेका परियारलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो।

परियारमाथि कुटपिट गर्नेको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। घटनामा संलग्नहरुको परिचय खुलेको छैन, हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने।

होटलमा खाना खाएर सँगै सुत्न गएको खुलेको छ। घटनाको सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। होटलको सीसीटीभी फुटेजको पनि प्रहरीले विश्लेषण गरिरहेको छ।

उनीसंगै नेपालगञ्जबाटै मजदुरीका लागि खलङ्गा आएका उनका चार जना साथीहरुलाई उनीहरु बसेको होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक गाहामगरले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार