नारायणगढ-मुग्लिङ्ग सडक खण्डको जलबिरेमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए, तीन जना घाइते , एक जनाको अवस्था गम्भिर

नारायणगढ-मुग्लिङ्ग सडक खण्डको जलबिरेमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए, तीन जना घाइते , एक जनाको अवस्था गम्भिर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०८०
  • 2.8K
    Shares

पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिङ्ग खण्डमा पर्ने जलबिरेमा शनिबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका छन्। ना४६प १२७५ र बा३२प ३०३० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका हुन्।

उक्त दुर्घटना परेर तीन जना घाइते भएका छन् र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्राप्त समाचारमा जनाइएको छ। तर घाइतेहरुको हालसम्म पहिचान कुलं नसकेको बताइएको छ। घाइतेहरु सबैलाई उपचारार्थ भरतपुरतर्फ पठाईएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार