आज देशका यी चारवटा प्रदेशमा वर्षाको सम्भावना

आज देशका यी चारवटा प्रदेशमा वर्षाको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2.2K
    Shares

हावाहुरीसहितको बर्षा

शुक्रबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ‍एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया