संगै माछा मार्न गएको साथीको करेण्ट लागेर ज्यान गएपछि बाँकी तीन युवकलाई लाग्यो ज्यान कसुर मुद्दा

संगै माछा मार्न गएको साथीको करेण्ट लागेर ज्यान गएपछि बाँकी तीन युवकलाई लाग्यो ज्यान कसुर मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 3.1K
    Shares

तनहुँमा साथीको करेण्ट लागेर ज्यान गएपछि बाँकी तीन युवकलाई लाग्यो ज्यान कसुर मुद्दा

तनहुँमा संगै माछा मार्न गएको साथीको मृत्यु भएपछी तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो ।

गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथीहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो । उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो । सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया