भीरबाट लडेको दुई वर्षीय छोरा बचाउन जाँदा धादिङमा दुई वर्षीय छोरासहित गर्भवती महिलाको मृत्यु

भीरबाट लडेको दुई वर्षीय छोरा बचाउन जाँदा धादिङमा दुई वर्षीय छोरासहित गर्भवती महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.2K
    Shares

धादिङको नीघाट रोराङ्ग २ मासखर्कको जाउला थाइमा भिर

भीरबाट लडेर धादिङमा दुई वर्षीय छोरासहित गर्भवती महिलाको मृत्यु भएको छ। धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जनाकारी दिए। अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन्।

सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शवलाई मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गत शनिवार त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको पनि आज गजुरी गाउँपालिकास्थित चालीसे नजिकै त्रिशुली नदीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया