माछा मार्न गएका घान्द्रुकका गुरुङको फेवातालमा डुबेर मृत्यु

माछा मार्न गएका घान्द्रुकका गुरुङको फेवातालमा डुबेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.3K
    Shares

फेवातालमा उद्धार

फेवातालमा माछा मार्न गएका एक व्यक्तिको शनिबार फेवातालमा डुबेर मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मीन गुरुङको शनिबार फेवातालमा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार, हाल पोखरा १४ चाउथेमस बस्दै आएका गुरुङ पोखरा महानगरपालिका २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा शनिबार दिउसो चार बजेतिर फेवातालमा डुबेका थिए। उनी फेवातालमा डुबेको खबर पाउना साथ् वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी गर्ने क्रममा करीब तीन घण्टा पछि सवा सात बजे उनलाई फेवातालमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनको शबलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया