उड्दा उड्दै विमानको ढोका आकाशमै खुलिगएपछी भयो यस्तो

उड्दा उड्दै विमानको ढोका आकाशमै खुलिगएपछी भयो यस्तो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 2.8K
    Shares

उड्दा उड्दै विमानको ढोका आकाशमै खुलिगएपछी भयो यस्तो

दक्षिण कोरियामा आज विमानको ढोका खुल्लै राखेर एउटा विमान अवतरण गरिएको छ।

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ।

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ। डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ। घटना आज मध्याह्नको हो।
रासस

प्रतिक्रिया