संखुवासभाको खाँदबारीमा एकाबिहानै प्रेमिकाको हत्या गरेर प्रेमीले आत्महत्याको प्रयास गरेका छन्। संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरेर प्रेमी सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले आत्महत्याको प्रयास गरेका हुन्।
गदालले खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान खुकुरीले हानेर हत्या गरी सोही खुकुरीले आफ्नै पेटमा खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी गराए।
सभापोखरी-१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।
घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।