ठूलो मात्रामा लागू औषधसहित पोखराबाट तीन जना युवा पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोकबाट ठूलो मात्रामा अबैध लागू औषधसहित तीन जना युवालाई पक्राउ गरेको हो।
बुधबार साँझ करीब साढे पांच बजे पक्राउ पर्ने युवाहरुमा स्याङजाको भिरकोट न.पा. ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोक बस्ने वर्ष ३२ को अनिल खत्री, स्याङ्जाकै वालिङ न.पा. ८ स्थायी घर भई हाल कास्कीको पोखरा म.न.पा. ८ सृजनाचोक बस्ने वर्ष २७ को सुवास काफ्ले र कास्की पोखरा म.न.पा. वडा नं.१० अम्मरसिंहचोक बस्ने वर्ष ३२को सुदिप गुरुङ रहेको जिल्ला प्राह्री कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट अबैध लागू औषध डाईजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी जम्मा ८३ एम्पुल बरामद गरिएको प्राह्रीले जनाएको छ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएर लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप भएको प्राप्त समाचारमा जनाइएको छ।
