रूकुम जिप दुर्घटनामा परि २२ दिनकी सुत्केरी, उनका शिशु सहित ५ जनाको मृत्यु

रूकुम जिप दुर्घटनामा परि २२ दिनकी सुत्केरी, उनका शिशु सहित ५ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.3K
    Shares

रूकुम जिप दुर्घटना

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना हुँदा २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट-८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रुकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए।
शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया