नेपाली युवाहरुलाई पोल्याण्ड लैजाने भन्दै काठमाण्डौको म्यारियट होटलमा अन्तरवार्ता लिईरहेका दिइरहेका दुई जना बिदेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना बेलारुसका नागरिकहरु एलेग फेडोसिक र र्याट फियागोसिक रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ।
उनीहरुले एउटा भिडियो बनाएर “शनिबार नक्सालस्थित मेरियट होटलमा पोल्याण्ड र युरोप जानका लागि अन्तरवार्ता हुने” भन्दै फेसबुक र टिकटकमा बिज्ञापन राखेका थिए। केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा ‘रिता’ नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्। सोहि अनुसार नेपाली युवाहरुसंग अन्तरवार्ता लिई रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको बताइएको छ । उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने प्रहरीले जनाकारी दिएको छ ।