टुडे पानीमा चुनको मात्रा अत्याधिक, मानव स्वास्थ्यका लागि हानिकारक

टुडे पानीमा चुनको मात्रा अत्याधिक, मानव स्वास्थ्यका लागि हानिकारक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० फाल्गुन २०७३
  • 12.2K
    Shares

पोखराको याम्दीखोलामा उत्पादन हुने टुडे पानी मानव स्वास्थ्यको लागि हानिकारक रहेको तथ्य फेला परेको छ । बिषेशगरि पोखराको बजार र मुख्य होटलहरुमा बोतल र जारमा बिक्रि गर्दे आएको टुडे वाटरको प्याकिङ्ग सिलबन्दी गरिएको बोतलमा चुनको मात्रा अत्याधिक भेटिएपपछि यो रहस्य बाहिर आएको हो ।

सि.एम अक्वा बेवरेजले पोखराको याम्दीमा टुडे पानी उत्पादन गर्दे आएको छ । पानीमा चुनको मात्रा भएको कम्पनीका प्रोडक्सन प्रमुख मोहन गौतमले स्वीकार गरे । सधै चुनको मात्रा नआउने भएपनि कहिलेकाँही आउने गरेको भन्दै उनले यसको बिकल्प आफु संग नभएको दावि गरे ।

पिउने पानी भन्दै बोतलमा प्याक गरेर बिक्रि गरेपछि स्वास्थ्यका दृष्टीकोणले उपयुक्त हुनुपर्ने न्यनतम सर्त हुन्छ । तर एक्वाले सो मापदण्ड पुरा नगरीकन नै बजारमा अखाद्य पदार्थ मिसिएको पानी खुलमखुला रुपमा बिक्रि गर्दे आएको छ ।

पानीमा बोतलभित्र रहेको सेतो पदार्थ अखाद्य बस्तु हो भन्ने जान्दाजान्दै पनि टुडेले आफ्नो बिक्री बन्द गरेको छैन ।

अशुद्ध पानी बिक्री भैरहेको भए पनि प्रसासनले ध्यान दिएको छैन । जिल्ला प्रसासन कार्यालयमा यसबारे जानकारी गराइएको भएपनि हाल सम्म उक्त कम्पनी प्रति कुनै कदम चालेको जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया