कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत एक जना डाक्टर एकाबिहानै मृत भेटिइन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह बिहिबार बिहान मृत भेटिएकी हुन्।
डा. शाह आफ्नै घरको बन्द कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण नखुलेको उनले जानकारी दिए। शवको पोस्टमार्टम भएको छ। तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।