अदालतको भवन बनाउने दुई मजदुर भीरबाट लडेर घाईते

अदालतको भवन बनाउने दुई मजदुर भीरबाट लडेर घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.2K
    Shares

उच्च अदातल बागलुङ इजलाशको अदालतको भवन बनाउने दुई मजदुर भीरबाट लडेर घाईते भएका छन्। दिनभरी काम गरे पश्चात घुम्न भन्दै हिडेका दुई जना मजदुर बागलुङको चिप्लेटी बसपार्क र वडा नं. ९ तित्याङ जोड्ने झोलुङ्गे पुल मुनीको भीरबाट लडेर घाइते भएका हुन्।

उदयपुर जिल्लाको गाईघाट नगरपालिका–२ का ३० बर्षिय बिरेन्द्र सदार र २६ बर्षिय पञ्चलाल सदार भीरबाट लडेर घाईते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । मजदुरहरु खसेको जानकारी पाएउँदासाथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले तत्कालै उद्धार गरेका थिए ।

बीरेन्द्र पुलमुनीबाट दुईसय मिटर तल खसेका थिए । पञ्चलाल भने भीरमा रहेको रुखमा अडिएका थिए । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । घाईते मध्ये बीरेन्द्रको अबस्था गम्भिर छ । उनीहरु किन पुलमुनीको भीरमा पुगे भन्ने बिषयमा अनुसन्धान भैरहेको डिएसपी केसीले बताए ।

प्रतिक्रिया