पोखरामा नगरबसको ठक्करले स्कुटरमा सवार हेम्जाका तुलसीको मृत्यु, शिशिर घाइते

पोखरामा नगरबसको ठक्करले स्कुटरमा सवार हेम्जाका तुलसीको मृत्यु, शिशिर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 2.5K
    Shares

पोखरामा बस र स्कुटर ठोक्कियो

पोखरामा बिहीबार नगर बसले ठक्कर दिंदा पोखरा महानगरपालिका २५ हेम्जाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवण कुमार विकका अनुसार छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सोही स्कुटरमा सवार हेम्जाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार