कञ्चनपुर सीमा विवाद : नेपालीभूमि आनन्दनगरमा कल्भर्ट निर्माणमा हतियारको धम्की देखाउँदै भारतको विरोध

कञ्चनपुर सीमा विवाद : नेपालीभूमि आनन्दनगरमा कल्भर्ट निर्माणमा हतियारको धम्की देखाउँदै भारतको विरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० फाल्गुन २०७३
  • 15.8K
    Shares

गुगल म्यापले भारतीय भूमी देखाएको भन्दै भारतीय प्रहरीले नेपाल-भारत सीमाभन्दा निक्कै वर (नेपालतिर) बन्दै गरेको कल्भर्ट निर्माणमा हतियारसहित हस्तक्षेप गरेपछि कञ्चनपुरको आनन्दबजारमा सीमाविवाद सुरु गराइएको छ ।

आइतबार भारतीय बजार जानका लागि सहज होस भनेर कल्भर्ट निर्माण गरिको स्थानमा सीमा सुरक्षा बल एसएसवीले हतियारको धम्की देखाउँदै निर्माणकार्य रोकेको थियो । त्यसबारेमा सोमबार नेपाल भारतका प्रतिनिधिबीचको वार्तापनि निश्कर्षबिहीन बनेको छ ।

भारतीय प्रतिनिधि मण्डलसँग सहायक प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर कुँवरले नेपाली भूमिमा भारतले कुनै हालतमा दाबी गर्न नपाउने बताए ।

जवाफमा भारतीय सहायक प्रमुख जिल्ला अधिकारी (एसडीएम) सादा अस्लामले विवादित बनेपछि तत्कालका लागि निर्माणकार्य रोकी उच्च निकायसँग छलफल पश्चात निर्णय लिन सकिने बताए ।

पुनर्वास नगरपालिकाको बजेटमा आनन्द बजारस्थित सो ठाउँमा कल्भर्ट निर्माण थालिएको थियो ।

नक्सा नभएको भन्दै नेपाली भूमिलाई जबरजस्ती विवादित बनाएर निर्माण हुन लागेको कल्भर्टको काम रोक्ने भारतको चाहना छ । आक्रोशित जनताले सरकारको मुख ताकेर बस्न नहुने भन्दै आन्दोलन गरेर भए पनि सो स्थानमा कल्भर्ट निर्माण गर्ने बताएका छन् ।

नेपाली जमिनमा भारतीय दादागिरी सहन नसक्ने भन्दै आक्रोशित बनेका सर्वसाधारणको सोमवार पनि बाक्लो उपस्थिति रहेको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष तारा लामाले आफू सानैदेखि खेलिखाएको ठाउँ भएकाले अहिले फायरलाइन (भारतले एकाधिकार जमाएको ठाउँ) सम्म नेपालको भूमि पर्ने दावी गरे । स्थानीय नेता तथा समाजसेवी ठाकुर प्रसाद बरालले कल्भर्ट बन्न लागेको स्थान नेपालमा पर्ने दाबी गरे ।

भारतले दिनानुदिन पुनर्वास नगरपालिकाको आनन्द बजारस्थित नेपाली भूमिमा दाबी गरिरहेको छ । गत वर्ष पनि सोही स्थानबाट नजिक बाल जागृति प्राविको भवन निर्माणमा अवरोध पुर्‍याएको थियो । त्यसबेला नेपाली जनताको दबाब पछि अवरोधबाट पछि हटेको थियो । सोही ठाउँमा भारतीय पक्षले केहि नेपालीको लालपूर्जा भएको जग्गामाथि पनि हस्तक्षेप गरेको छ । विगतदेखि भोगचलन गर्दै आएको जग्गालाई विवादित बनाइएको छ ।

भारतले नेपाली भूमिमा दाबी गरेपछि चर्किएको सीमा विवाद समाधान गर्न अहिले जिल्ला स्तरीय वार्ता जारी छ । हिजो सोमबार सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरले भारतीय एसडियम. सादा अस्लामसँग गरेको वार्ता निश्कर्षबिहीन बनेपछि आज पुनः वार्ता भएको हो ।

अहिले बसहीस्थित भारतीय एसएसबीको क्याम्पमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरको टोलीले वार्ता गरिरहेको छ ।

सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी कुँवरले नेपालको भु-भागमा भारतले दाबी गर्न नपाउने अडान राखेका छन् भने भारतीय एसडियम सादा अस्लाम नेतृत्वको टोलीले यस भूमिलाई विवादित भनिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार