साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत अहेव नारायण बरालको ४९ वर्षको उमेरमा निधन भएको छ।
साेमबार विहान पाेखरा १३ काहुँखोलास्थित आफ्नै निबासकाे बाथरुममा ढलेर बेहोश अवस्थामा भेटिएका अहेव बरालको काठमाण्डाैंकाे ह्यम्स अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको हो।
घरको बाथरुममा बेहोश अवस्थामा भेटिएका बराललाई तत्काल उनी कार्यरत साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएकोमा त्यहाँ उपचार हुन नसक्ने देखिएपछि थप उपचारका लागि तत्काल हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको थियो।
नेपाली काङ्ग्रेसको गण्डकी प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख समेत रहेका बरालको शबलाई पोखरास्थित निवासमा ल्याई अन्त्येष्टिको तयारी भैरहेको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जानकारी दिएको छ। उनको आजै पाेखराको रामघाटमा अन्तेष्टि गरिने प्राप्त समाचारमा जनाइएको छ।
यसैबीच मेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै आफ्नो छोरा नारायण बरालको निधन भएको जानकारी दिदै “अलबिदा छोरा। ….” भनेका छन्।