कुनै निर्णय र सूचना नगर्दै सेवा प्रदायकले शुल्क बढायो भन्दै यसो भन्यो प्राधिकरणले;

कुनै निर्णय र सूचना नगर्दै सेवा प्रदायकले शुल्क बढायो भन्दै यसो भन्यो प्राधिकरणले;


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ जेष्ठ २०८०
  • 2.9K
    Shares

नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नगर्दै प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् ।

केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखुशी शुल्क नबढाउने निर्देशन दिएको हो ।

शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।
हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया