पोखराबाट अवैध लागू औषध पौने तीन किलो गाँजासहित युवा पक्राउ

पोखराबाट अवैध लागू औषध पौने तीन किलो गाँजासहित युवा पक्राउ


  • जन संचार
  • मंगलबार, २६ बैशाख २०८०
  • 2.6K
    Shares

अवैध लागू औषध पौने तीन गाँजासहित पोखराबाट एक युवा पक्राउ परेका छन्। कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.२४ स्थायी घर भई हाल वडा नं.१८ शितलबस्ती बस्ने २५ वर्षीय बसन्त सुबेदी अवैध लागू औषध दुई किलो गाँजासहित पोखराबाट पक्राउ परेका हुन्।

अभियुक्त सुबेदीलाई वैशाख १९ गते अन्दाजी बेलुकाको ९ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसमा रहेको पृथ्बी राजमार्गस्थित सडकमा सवारी साधन चेकजाचँ गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त सुबेदीको साथबाट अबैध लागू औषध गाँजा दुई किलो सातसय ८२ ग्राम र एउटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुबेदीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया