गोरखामा लामाको हत्या आरोपमा अर्का लामा पक्राउ

गोरखामा लामाको हत्या आरोपमा अर्का लामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ बैशाख २०८०
  • 15.3K
    Shares

हत्या गरेको आरोपमा गोर्खाबाट पक्राउ परेका दोर्जे घ्याल्जेन लामा

गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।

१७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो । इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए ।

‘घाँटीको अगाडि भागमा चक्कु प्रहार गरेर मारेको अनुसन्धानबाट खुल्यो’, उनले भने, ‘तत्कालको आवेगका कारण हत्या गरेको हुनसक्ने भन्ने छ ।’ पक्राउ परेका धुनडुप बिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार