यस्तो रहनेछ, आजको मौसम

यस्तो रहनेछ, आजको मौसम


  • जन संचार
  • सोमबार, २५ बैशाख २०८०
  • 4K
    Shares

मौसम, weather

सोमबार बिहान लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया