आज राती पौने दशबजे डिभीको रिजल्ट आउँदै, नतिजा हेर्न यहाँ थिच्नुहोला ;-

आज राती पौने दशबजे डिभीको रिजल्ट आउँदै, नतिजा हेर्न यहाँ थिच्नुहोला ;-


  • जन संचार
  • शनिबार, २३ बैशाख २०८०
  • 10.5K
    Shares

आज राती पौने दशबजे डिभीको रिजल्ट आउँदै

आज वैशाख २३ गते मे ६ राती ९:४५ मा अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को रिजल्ट आउँदै छ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ।

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।

प्रतिक्रिया