पोखरा महानगरपालिका वडा नं.८ मिलनपथबाट प्रहरीले ठुलो मात्रामा लागू औषधसहित एक युवालाई पक्राउ गरेको छ। गोरखा जिल्लाको चुमनुवी गाउपालिका वडा नं.८
स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.८ मिलन पथ बस्ने वर्ष
२५ को मिलन गुरुङलाई प्रहरीले ठुलो मात्रामा अबैध लागू औषधसहित पक्राउ गरेको हो।
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अभियुक्त गुरुङको डेराकोठाबाट लागू औषध डाईजापाम ९० एम्पुल, फेनारगन ९०
एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा दुईसय ७० एम्पुल लागू औषध र एक थान मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।