सिन्धुलीमा कार दुर्घटना : दुईको मृत्यु, एक घाइते

सिन्धुलीमा कार दुर्घटना : दुईको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ बैशाख २०८०
  • 4.8K
    Shares

सिन्धुलीमा कार दुर्घटना, car accident

सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा आज बिहान बा ८ च ५१३५ नम्बरको कार २० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर काभ्रे पनौतीका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईँको मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । उक्त दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार