पोखरास्थित सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीका लागि आज एकदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापनःनेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम दिइएको राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख एवं सहजकर्ता नरेश पाण्डेले जानकारी दिए।
उक्त कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सि.ले सहकारीले दिने सेवामा शेयर सदस्यहरु एक हुनुपर्ने बताए । कार्यक्रममा सहकारी बैंक लेखनाथका प्रमुख सहजकर्ता सन्तोष घिमिरे, सल्लाहकार शोभियतबहादुर अधिकारी रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेत, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, रेडियोका निर्देशक चिन्तामणि बाँस्तोला, शिक्षा समिति संयोजक जयराम पौडेल, कर्जा समिति सदस्य होमनाथ सिलवाल, व्यवस्थापक सुरेन्द्र थापा, लेखा प्रमुख ईश्वरी श्रेष्ठ, कर्जा शमखा प्रमुख सरिता पोडेल लगायतले तालिमको विविध पक्षमा आ आफ्नो धारणा राखेका थिए ।
वि.सं. २०६४ मा स्थापना भै हाल रेडियो सराङ्गकोट समेत सञ्चालन गरिरहेको सराङ्गकोट सहकारी बहुउद्देश्यीय सहकारी संस्थाले वि.सं. २०६९ देखि बचत तथा ऋण परिचालन गरिरहेको सहकारीका अध्यक्ष अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए। अध्यक्ष थापाका अनुसार, हाल संस्थाका कुल कारोबार ६४ करोड कर्जा लगानी ५५ करोड सहित पुँजी ७ करोड रहेको छ ।