ठुलो मात्रामा लागू औषधसहित पोखरा लामाचौरबाट युवक पक्राउ

ठुलो मात्रामा लागू औषधसहित पोखरा लामाचौरबाट युवक पक्राउ


  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 3.6K
    Shares

अवैध लागू औषधसहित पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट २६ वर्षीय एक युवा पक्राउ परेका छन्।

पोखरा लामाचौरस्थित जिमिरेका २६ वर्षीय सन्तु घर्ती मगरलाई प्रहरीले अवैध लागू औषधसहित बुधबार पक्राउ गरेको हो। अभियुक्त मगरलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो
शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त मगरको कोठाबाट लागू औषध डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा एकसय ३१ एम्पुल लागू औषध बरामद भएको प्राप्त जानकारीमा उल्लेख छ।

अभियुक्त मगरबिरुद्ध जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया