स्कुटरको डिक्कीबाट ८० हजार रुपियाँ चोरी गरेर भागेकी एक युवती पोखरामा पक्राउ परेकी छिन्। पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवन बस्ने वर्ष २३ की बर्षा कामीलाई प्रहरीले रकम चोरी गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त वर्षाले गएको बुधबार दिउसो १२:२३ बजेको समयमा पोखराको पृथ्वीचोकस्थित राष्ट्रिय बाणिज्य बैक अगाडी पोखरा १८ सराङ्गकोट निवासी आत्मा बहादुर थापाले पार्किङ्ग गरी राखेको स्कुटरको डिक्कीमा रहेको ८० हजार रुपियाँ चोरेर भागेको प्रहरीले जानकारी दिएको छ। आफ्नो स्कुटरको डिक्कीबाट रकम चोरी भएको भन्दै थापाले प्रहरीमा उजुरी गरेपछि पृथ्वीचोकस्थित प्रहरीको सीआरभी टोलीले करीब साढे दुई घण्टा पछि अभियुक्त वर्षा कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पक्राउ परेकी अभियुक्त वर्षा कामीबिरुद्ध कास्की जिल्ला अदालतमा चोरी मुद्दा दर्ता भै अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ।