६५ बर्षीय वृद्ध पुरुषले पेट्रोल छर्किएर आफनै जिउमा लगाए आगो

६५ बर्षीय वृद्ध पुरुषले पेट्रोल छर्किएर आफनै जिउमा लगाए आगो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ बैशाख २०८०
  • 20.8K
    Shares

६५ बर्षीय वृद्ध पुरुषले पेट्रोल छर्किएर आफनै जिउमा लगाए आगो

विराटनगरमा बिहीबार बिहान १ जना ६५ वर्षीय वृद्ध पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

मोरङको लेटाङ नगरपालिका–७ घर भएका गोविन्दप्रसाद नेपालले बिहान १०:४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगोले शरीरका अधिकांश भाग जलेका वृद्धको अवस्था गम्भीर छ ।

उनका अनुसार सुरुमा वृद्ध ग्यालेनमा पेट्रोल लिएर आएको खुलेको छ । विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि पेट्रोल आफ्नै शरीरमा छर्किएर एक्कासी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दाहालले बताए ।

आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा वृद्धको पहिचान खुलेको हो । झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ ।

शरीरमा लागेको आगो निभाएर स्थानीयले उद्धार गर्दै वृद्धलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याका थिए । त्यहाँबाट थप उपचारका लागि विराटनगर–२ मा रहेको रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको प्रहरीको भनाइ छ ।

डीएसपी दाहालका अनुसार आगोले शरीरका अधिकांश भाग,लगाएको कपडा र जुत्ता डढेको छ । ‘घाइतेको अवस्था गम्भीर छ । बोल्नसक्ने अवस्थामा हुनुहुन्न,’दाहालले भने,‘के कारणले आफ्नै शरीरमा आगो लगाएको भन्ने खुल्न बाँकी छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

प्रहरी स्रोतका अनुसार वृद्ध नेपालको आफन्तसँग लेनदेन विवाद रहेको पाइएको छ । ‘नातामा बहिनी पर्ने आफन्तलाई लामो समयअघि पैसा सापटी दिएको जानकारी आएको छ ।बहिनीबाट सापटी पैसा फिर्ता नपाएपछि दुई पक्षबीच यसअघि पनि भनाभन हुने गरेको रहेछ । त्यही पैसा उठाउन जाने क्रममा विवाद भएपछि शरीरमा पेट्रोल छर्किएर आगो लगाएको हुनसक्ने अनुमान छ ।’

प्रहरीले पैसा सापटी लैजाने बहिनीका बारेमा थप खुलाएको छैन । यद्यपि,अनुसन्धानको दायरा फराकिलो पारेर पृष्ठभूमि केलाउँदै घटना हुनुको कारण पत्ता लगाउने प्रयास भइरहेको डीएसपी दाहाल बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार