परमेश्वरसँग साक्षात्कार हुने आशामा निराहार बसेका ८३ जनाको मृत्यु

परमेश्वरसँग साक्षात्कार हुने आशामा निराहार बसेका ८३ जनाको मृत्यु


  • जन संचार
  • बुधबार, १३ बैशाख २०८०
  • 23.6K
    Shares

परमेश्वरसँग साक्षात्कार हुने आशामा निराहार जंगलमा बसेका ८३ जनाको मृत्यु

परमेश्वर भेट्न भोकभोकै बसेका ८३ जनाको शव भेटिएको केन्याका अधिकारीहरूले बताएका छ। निराहार बसेर ईश्वरसँग साक्षात्कार हुने विश्वासमा उनीहरुले ज्यान गुमाएका हुन्।

परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए।

मंगलबार थप तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएपछि मृतको संख्या ८३ पुगेको हो। मृतक बालबालिकाले श्वेतवस्त्र लगाएका पाइएको छ। भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ। राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवानसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन्। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।

यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन्। उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन्। रासस

प्रतिक्रिया