सेक्स ट्रयापमा फसे पुर्वमन्त्री,उजुरी लिएर पुगे साइबर ब्युरो

सेक्स ट्रयापमा फसे पुर्वमन्त्री,उजुरी लिएर पुगे साइबर ब्युरो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ बैशाख २०८०
  • 17.2K
    Shares

सेक्स ट्रयापमा फसे पुर्वमन्त्री,उजुरी लिएर पुगे साइबर ब्युरो

पूर्वकृषिमन्त्री अब्दुल खान गत चैतको दोस्रोसाता उजुरी लिएर साइबर ब्युरो पुगे। अपरिचित नम्बरबाट ह्वाट्सअपमा आएको भिडियो कल उठाउँदा उनी भारतीय गिरोहको सेक्स ट्र्यापमा परेका थिए।

पूर्वमन्त्री खानले एक अपरिचित महिलासँग गरेको भिडियो कुराकानी सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा सार्वजनिक भएको थियो।

प्रहरीका अनुसार पूजा अग्रवाल नामक आईडीबाट पूर्वमन्त्री खानलाई म्यासेज आएको थियो। कुराकानीकै क्रममा उक्त महिलाले पूर्वमन्त्री खानसँग अश्लील हर्कत गरेकी थिइन्। यही भिडियोलाई देखाउँदै उक्त महिलाले ३ लाख माग गरी पूर्वमन्त्री खानलाई ब्ल्याकमेल गरेकी थिइन्। रकम प्राप्त नभएपछि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार