बाबुको श्राद्ध गर्नु अघि नुहाउन गएका दुई छोरा र अर्का एक गरि तीनजनाको सप्तकोशीमा डुबेर मृत्यु

बाबुको श्राद्ध गर्नु अघि नुहाउन गएका दुई छोरा र अर्का एक गरि तीनजनाको सप्तकोशीमा डुबेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० बैशाख २०८०
  • 24K
    Shares

बाबुको श्राद्ध गर्नु अघि नुहाउन गएका दुई छोरा र अर्का एक गरि तीनजनाको सप्तकोशीमा डुबेर मृत्यु

 

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा डुबेर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ।

झापाको दमक नगरपालिका- ९ बाट बाबुको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका- ७ का १८ वर्षीय राजु गुरागाईंको सप्तकोसीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए।

सप्तकोसीमा बुधबार नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शब नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको डिएसपी राइले बताए।

बराहक्षेत्र मन्दिरमा बाबुको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोसी नदिमा डुबेर बेपत्ता भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार