वैशाख ७ गते सूर्यग्रहण लाग्ने : बार्नु नपर्ने पञ्चाङ्ग निर्णयक समिति भनाई

वैशाख ७ गते सूर्यग्रहण लाग्ने : बार्नु नपर्ने पञ्चाङ्ग निर्णयक समिति भनाई


  • जन संचार
  • मंगलबार, ५ बैशाख २०८०
  • 4.3K
    Shares

सूर्यग्रहण

वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताए ।

यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कात्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।

प्रतिक्रिया