कास्कीको शार्दीखोलाका भिम बहादुर मगरको हत्यारा नौवर्षपछि पक्राउ

कास्कीको शार्दीखोलाका भिम बहादुर मगरको हत्यारा नौवर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० चैत्र २०७९
  • 6.2K
    Shares

कास्कीको साविक सार्दीखोला गा.वि.स. वडा नं.८ का भिम बहादुर मगरका हत्यारालाई बगर प्रहरीले नौ वर्ष पछि पक्राउ गरेको छ। जिल्ला अदालत कास्कीले भिम बहादुर मगरको हत्यामा दोषी ठहर गरेका म्याग्दी स्थायी घर भई हाल कास्कीको माछापुच्छ्रे गा.पा. वडा नं.२ भराभरी बस्ने वर्ष ३७ को जयन्द्र पाईजा पुनलाई वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको प्रहरी टोलीले नौ वर्ष पछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, जयन्द्र पाईजा पुनले भिम बहादुर मगरलाई २०७० सालको पुष १३ गते धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरेका थिए। हत्या पश्चात फरार रहेका पुनलाई कास्की जिल्ला अदालतले २०७३ साल जेठ १७ गते दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको प्रहरीले जानकारी दिएको छ।

जन्मकैदको सजायं फैसला सुनाइएका पुनलाई बुधबार पक्राउ गरेर कैद भुक्तानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार